लक्ष्मी मार्ग पानबरी धरान, सुनसरी, प्रदेश न. १, नेपाल
जनसंख्या
घरधुरी
क्षेत्रफल (वर्ग किमी)
वि.स.२०३५ सालमा बाझगराको गाउँ पञ्चायत १ र २ नं. वडा धरान नगर पञ्चायतमा गाभिए पछि बाँकि रहेका ७ वटा वडाबाट पाँचकन्या गाउँ पञ्चायत कायम रहेको थियो । साविक बाझगरा गाउँ पन्चयात वडा नं ३ लाई विभाजन गरी पाँचकन्या गाउँ पञ्चायत १,२ र ३ कायम गरियो । बि.स. २०३५ साल देखि २०७१ साल वैशाख सम्म पाँचकन्याको वडा नं. १,२ र ३ रहेकोमा बि. स. २०७१ साल बैशाख २५ गते पाँचकन्या गा.बि.स. धरान नगरपालिकामा समायोजन भई पाँचकन्या गा.बि.स.का वडा नं. १, २ र ३ लाई एउटै वडा कायम गरी वडा नं २३ कायम रहन गयो त्यस पछि बि.स. २०७३ साल फागुन २७ गते धरान-23 नं. वडालाई उपमहानगरपालिकाको ६ नं. कायम गरि हाल सम्म 6 नं. वडाको रुपमा रहेको छ ।
धरान उप–महानगरपालिका वडा नं.६ को भौगोलिक अवस्था अन्र्तगत यस वडाको सबै भुभाग समतल छ । यो वडा ४.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस वडाको पूर्व र उत्तर सिमानामा मोरङ्ग जिल्लाको केराबारी गाउँपालिका, पश्चिममा सेरा खोला (वडा नं. ५) र १५ र दक्षिणमा चारकोशे जंगल रहेको छ ।
यस वडामा १२ ओटा टोल विकास संस्थाहरु रहेका छन् । सुन्दर टोल, सिहंवाहिनी टोल, लालुपाते टोल, फूलबारी टोल, सगरमाथा टोल, त्रिवेणी टोल, पोखरा टोल, पाँचकन्या, सरस्वती टोल, लक्ष्मी टोल ज्ञानज्योती सुनौलो वस्ती लगायत १२ ओटा टोल विकास संस्थाहरु रहेको यस वडामा क्षेत्री जातीको वाहुल्यता रहेको छ । यो बाहेक राइ, मगर, विश्वकर्मा, लिम्बू लगायतका जातीहरुको मिश्रित बसोबास रहेको छ ।
वि.सं. २०७७ फागुनमा गरिएको घरधुरी सर्वेक्षण बमोजिम १८९८ घरधुरी रहेको यस वडामा जम्मा जनसंख्या ८९३४ रहेको छ । जसमध्ये महिला ४५३१ र पुरुष ४४०३ जना छन् भने १८ वर्ष भन्दा कम उमेरका बालबालिका संख्या २६३१ रहेको छ । जस मध्ये बालक १२६७ र बालिका १३९४ जना रहेका छन् । जुन यस वडाको कुल जनसंख्याको ३० प्रतिशत हुन आउँछ ।
वडा घरधुरी सर्वेक्षण २०७७ अनुसार
महिला
पुरुष
खसआर्य
जनजाति
दलित
मधेसी
बालबालिका
बयश्का
बृद्ध